SUBHLABH

खेतबारीमा शंखेकीराको प्रकोप

२०२१ सेप्टेम्बर २९Facebook मा शेयर
खेतबारीमा शंखेकीराको प्रकोप

वीरगंज १३ असोज। 
यस वर्षको वर्षायाममा जताततै शंखेकीराको प्रकोप बढेको छ । चिप्लेकीराको विलय भएको धेरै वर्षपछि चिप्लेकीराजस्तै देखिने शंखे कीराको वृद्धि भएको छ । घर आगनमा शंखेकीराले ढाक्ने गरेका छ । करेसाबारी, खेबारी जताततै शंखेकीरा नै कीराले ढाकेको छ । शंखेकीराले तरकारीर अन्य बालीलाई पनि नोक्सानी पु¥याउने गरेको छ । शंखेकीरा फोहरी कीरा हो यसले जताततै विष्टा गरेर फोहर पार्छ । झन्डै एक पाउसम्मको शंखेकीरा हुन्छ । सागसब्जी, अन्य तरकारीमा ससाना शंखेकीरा टाँसिएर बस्ने गरेका छन् । शंखेकीराको संख्या एक्कासि खेतबारीमा किन वृद्धि हुन गयो सम्बन्धित निकायले यसको अध्ययन गर्न जरुरी भएको छ । पैनी, खोलानाला खेतको पानीमा शंखेकीरा पाइने गरेको छ । माटोको उर्वराशक्ति वृद्धिका लागि अतिउपयोगी गँडयौला अहिले दुर्लभ एको छ । रोग बिरुवा, बालीनालीमा प्रयोग गरिने कीटनाशक विषादीका कारण गँडयौला र गँगटो मासिंदै गएको छ । गँडयौला माटोबाट विलय भएमा माटोको उर्वरा शक्तिमा ह्रास पुग्न जान्छ ।